
काठमाडौं, १६ भदौ । सानिमा लाईफ इन्स्योरेन्सको २ करोड कित्ता आइपीओ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।
सानिमाले पहिलो कारोबारको लागि प्रतिशेयर मूल्य न्यूनतम १०३ रुपैयाँ १७ पैसा तथा बढीमा ३०९ रुपैयाँ ५१ पैसाको रेन्ज पाएको छ । साधारण शेयर नेप्सेमा सूचीकृत भएपछि दोश्रो बजारमा कारोबार बिहिबारबाट शुरू हुने भएको छ । कम्पनीको दोश्रो बजारमा कारोबार गर्नका लागि एसएलआई (SLI) संकेत पाएको छ ।
कम्पनीले गएको साउन २० गते सर्वसाधारणका लागि रुपैयाँ १०० अंकित मूल्यमा ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन तथा बिक्रीमा ल्याएको थियो । जसमध्ये ३ लाख कित्ता कर्मचारीका लागि र ३ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको थियो । बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागि हाे ।
सानिमा लाईफ इन्स्योरेन्सको आइपीओमा २४ लाख १९ हजार ८४८ आवेदकले ३ करोड ६९ लाख ५१ हजार ८० कित्ताका लागि आवेदन पेश गरेका थिए । जो अहिलेसम्मकै उच्च रेकर्ड मानिएको थियो ।








काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



