वोमी र सूर्योदय लघुवित्तबीच भयो मर्जर सम्बन्धी सम्झौता

-



     सफल आवाज    
     भाद्र १६ गते २०७८ मा प्रकाशित



काठमाडौं, १६ भदौ । वोमी लघुवित्त वित्तीय संस्था तथा सूर्योदय लघुवित्त वित्तीय संस्थाबीच मर्जर हुने भएको छ । दुबै संस्थाबीचमा गाभ्ने, गाभिने सम्बन्धमा सम्झौता भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर भएपछि दुबै लघुवित्तले ३/३ जना रहनेगरि संयुक्त मर्जर कमिटि पनि गठन गरेका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्था स्याङ्जामा रहेको छ भने वोमी लघुवित्त काभ्रेको बनेपामा रहेको छ ।

दुई लघुवित्त वित्तीय संस्थाबीचमा आगामी पुस महिनाको अन्तिमसम्म मर्जरलाई पूर्णता दिने मंगलबार सहमति गरिएको छ । मर्जरपछि संस्थाको नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था हुने भएको छ ।

दुबै लघुवित्तको चुक्ता पूँजी ६६ करोड नजिक रहेको छ । वोमी लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख रहेको छ । सूर्योदय लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख रुपैयाँ रहेको छ ।

दुबै लघुवित्तबीचमा मर्जरका लागि सम्झौता भएपछि आजैबाट दुबै संस्थाको शेयर कारोबार रोक्का गरिएको छ ।