समाज लघुवित्त र स्वस्तिकबीचको मर्जर प्रक्रिया बहुमत शेयरधनीहरुद्वारा अस्वीकार

-



     सफल आवाज    
     भाद्र १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ भदौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको विषेश साधारण सभाको निर्णय र शेयरधनीहरुको बहुमतले स्वस्तिक लघुवित्तसंग गाभ्ने, गाभिने कार्यलाई अस्वीकार गरेको छ ।


सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको समाज लघुवित्त र सिराहाको लाहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्त वित्तीय संस्थाबीच एकापसमा मर्जरको लागि गएको असोज ५ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।


३७ प्रतिशत शेयरधनीहरुबाट सैद्धान्तिक सहमतिमा केन्द्रीय कार्यालय बर्दिबास महोत्तरी नभई साविकको स्वस्तिक लघुवित्तकाे केन्द्रीय कार्यालय लाहानमा राख्ने भएकोले स्वस्तिकसंग मर्जर गर्न नसकिने भन्दै बहुमतले मर्जरको प्रस्तावलाई अस्वीकृत गरेको हो ।


मर्जरका लागि पुनः राष्ट्र बैंकका पदाधिकारीसंग छलफल र परामर्श गरिए पनि कुनै निश्कर्ष नआएपछि समाज लघुवित्त वित्तीय संस्थाको साधारण सभाका बहुमत सदस्यको मतको कदर गर्दै स्वस्तिकसंग मर्ज गर्न नसकिने निर्णय गरिएकाे जनाइएकाे छ ।