माछापुच्छ्रे बैंकका ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

-



     सफल आवाज    
     भाद्र २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ भदौ । माछापुच्छ्रे बैंकले सात जिल्लाका सात स्थानमा ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको बताएको छ ।
बैंकका अनुसार गोरखाको पालुङ्गटार नगरपालिका वडा नं ६ मा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याईएको छ ।

यस्तै काठमाडौंको कीर्तिपुर नगरपालिकाको मैत्रीनगरमा, नुवाकोटको लिखु गाउँपालिका वडा नं दुईको थानसिंहमा, चितवनको रत्ननगर नगरपालिका वडा नं ५ जुवाली र वडा नं १६ को खैरेटीमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याईएको छ ।

यस्तै कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ को खगेन्द्रपुरमा, सिराहाको सुखिपुर वडा नं २ मा गरी ७ वटा शाखारशित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

नयाँ ७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएसंगै माछापुच्छ्रे बैंकका शाखारहित बैंकिङ्ग सेवाको संख्या १७२ पुगेको बैंकले जनाएको छ ।

बैंकका अनुसार शाखारहित बैंकिङ्ग सेवाबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न पाईने भएको छ । साथै रेमिट्यान्सको भुक्तानी र कर्जाका लागि आवेदन दिन पाईने सुविधा रहेकाे छ ।