
काठमाडौं, २२ भदौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को मुलुकभरका सञ्चार माध्यममा आर्थिक पत्रकारको उपस्थिति बढाउने र उनीहरुको दक्षता अभिवृद्धिका लागि दीर्घकालीन महत्वका कामलाई अघि बढाउने भएको छ । सेजनको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गर्दै पहिलो बैठकले आर्थिक पत्रकारको क्षमता अभिवृद्धिका लागि विश्वविद्यालयसँग मिलेर स्तरीय प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।
सेजनका नवनिर्वाचित अध्यक्ष जनार्दन बरालले सदस्यको क्षमता अभिवृद्धिका लागि प्रशिक्षणलगायत कार्यक्रम सञ्चालन गरिने बताए । उनले भने, “कार्य समितिको पहिलो उद्देश्य भनेको सदस्यको क्षमता अभिवृद्धि गरि सञ्चारमाध्यममा अधिकभन्दा अधिक आर्थिक पत्रकारलाई प्रोत्साहन गराउन विश्वविद्यालयसँग मिलेर दर्घकालीन महत्वका कार्यक्रम अघि बढाउने योजना छ ।”
सेजनका निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले सेजनको गरिमालाई कायम राख्दै अनुसन्धानात्मक गतिविधिलाई निरन्तरता दिन नयाँ कार्य समितिलाई दिनुपर्ने बताए । उनले नवनिर्वाचित अध्यक्ष बराललाई सेजनको पदभार हस्तान्तरण गर्दै संस्थाले गरिरहेका विभिन्न क्रियाकलापबारे जानकारी गराए ।
सेजनको यही भदौ १८ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका थिए । उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका थिए । सदस्यमा राष्ट्रिय समाचार समिति (रासस)का सम्वाददाता चेतबहादुर अधिकारी (सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका थिए ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



