एनआईसी एशिया क्यापिटलका ३ म्युचुअल फण्डको प्रतिफल आजसम्म सुरक्षित गर्न सकिने

-



     सफल आवाज    
     भाद्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ भदौ । एनआईसी एशिया म्युचुअल फण्डबाट सञ्चालित भएका तीन योजनाको प्रतिफल सुरक्षित गर्नका लागि आज अन्तिम अवसर रहेको छ ।

फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटल रहेको छ । साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्स्ड फण्ड तथा एनआईसी एशिया डाइनामिक डेष्ट फण्डको प्रतिफल वितरणका लागि भदौ २७ गते बुक क्लोज हुने जनाएको छ । यसका लागि भदौ २४, २५ र २६ गतेसम्म कायम रहेको इकाईकाधनीे प्रतिफल पाउनका लागि योग्य मानिने भएका छन् ।

क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड र व्यालेन्स्ड फण्डकाका लागि ३०, ३० प्रतिशत नगद लाभांश वितरण गर्नेछ । यस्तै डाइनामिक डेष्टका लागि १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

डाइनामिक डेष्ट खुल्लामुखि योजना रहेको छ । ग्रोथ फण्ड र व्यालेन्स्ड फण्ड १० वर्षे बन्दमुखि योजना रहेका छन् ।