
काठमाडौं, २५ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आजदेखि १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशनमा ल्याएको छ । कम्पनीका अनुसार अर्को म्युचुअल फण्ड नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशनमा ल्याइएको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित फण्डको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरिने भएको हो ।
कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोषको प्रवर्धक रहेको नबिल बैंकलाई १ करोड ४० लाख अर्थात १४ प्रतिशत छुटयाईएको छ । १ प्रतिशत अर्थात १० लाख इकाई व्यवास्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङको लागि छुट्याईएको छ ।
त्यसबाट बाँकी हुन आएको ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिने भएको छ । लगानीकर्ताले फण्डमा कम्तिमा १०० कित्तादेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।
नबिल म्यचुअल फण्डबाट संचालन हुने उक्त फण्डको इकाईका लागि भदौंको २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । तोकिएको म्यादसम्म माग बमोजिमको आवदेन नपरेको खण्डमा असोज ८ गतेसम्म आवेदन दिन सकिने छ ।
यो बन्दमुखि योजनाको अवधि १० वर्ष रहेको छ । यसका लागि सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्था वा मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने छ ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नबिल बैंकको पूर्ण स्वामित्व रहेको कम्पनी हो ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



