सानिमा माई हाइड्राेद्वारा १०.५२६३ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     भाद्र २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ भदौ । सानिमा माई हाइड्रोपावर कम्पनीले १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिको सम्पन्न बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर वितरण गरिने भएको छ । यस्तै करको प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरिने भएको छ ।

यसैबीच कम्पनीले कार्तिकको ११ गते वार्षिक साधारण सभा डाकेको छ । यसका लागि असोज १८ गत बुक क्लोज हुने भएको छ ।

असोजको १७ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा शेयर कारोबार गरी कायम भएका शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउने भएका छन् । साथै उनीहरु नै लाभांश प्राप्तिका हकदार हुनेछन् ।

चुक्ता पूँजीको १० प्रतिशतले हुने २८ करोड ८ लाख ४१ हजार रुपैयाँ बराबरको बोनस शेयर तथा प्रस्तावित बोनस शेयर बापतको कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुने १ करोड ४७ लाख ८१ हजार १०५ रुपैयाँ नगद लाभांश वितरणको सिफारिससहित वार्षिक साधारण सभामा विषेश प्रस्ताव पेश हुने भएको छ ।