फेरि घट्याे सुनचाँदीको भाउ,कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     भाद्र २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ भदौ । चाडपर्वको महिना भदौ सकिनै लाग्दा सुनचाँदीको भाउमा उतारचढाव हुने क्रम चलिनै रहेकाे छ । सरकारले कोरोना संक्रमणको जोमिको कारण लागू गरेको निषेधाज्ञालाई खुकुलो बनाएको छ भने खोप अभियानलाई जारि राखेको छ र मानिसहरुकाे चहलपहल पनि बढेकाे छ।

योसंगै बजारमा चहलपहल पनि शुरु भएकोछ छ । अब भने व्यापार व्यवसाय चलायमान हुन्छ कि भन्ने आशा पलाएको छ । तर सबैले सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई परिपालना गरेर अगाडी बढ्नुको बिकल्प पनि छैन ।

साताको पहिलो दिन आईतबार सुनचाँदीको भाउमा गिरावट आएको छ । सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ २० ले गिरावट देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाका अनुसार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम भएको थियो ।

तेजाबी सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउमा २० रुपैयाँ गिरावट भएको छ । चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियाे ।

भदौपछि नेपालीका अझैं महत्वपूर्ण चाडपर्वहरु लस्करै आईरहेका छन् । दशै, तिहार छठ, नेपाल संवत, ल्होसारलगायतका पर्वहरु आईरहेकाले बजारमा अवश्य पनि चहलपहल बढ्ने र व्यावसायीक कारोबार पनि हुने व्यवसायीले अपेक्षा गरेका छन् ।

कोरोनाको संक्रमणको जोखिम अझैं नहटि सकेकोले स्वास्थ्य सुरक्षाका विधिहरुलाई अपनाउँदै आआफ्नो व्यवसायलाई निरन्तरता दिनुपर्ने आवश्यक्ता भने रहिरहेको छ ।