
काठमाडौं, २७ भदौ । साताको पहिलो दिन आईतबार शेयर बजारको लय सकारात्मक देखिएको छ । आज संकेत सकारात्मक देखिए पनि बजार बन्द हुँदाको समयसम्म भने नतिजा उल्टो वा सुल्टो कुनै आउन सक्छ ।
आज नेप्सेको प्रिओपन सेसनमा नेप्से पयिरसूचक ११.५१ अंकले बढ्यो । यो बृद्धिसंगै नेप्से २८८७.५० विन्दुमा पुग्यो । १ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भयो ।
प्रिओपन सेसनमा ४५ कम्पनीको १७ हजार ५६९ कित्ता शेयरको कारोबार भयो । यस अवधिमा ४० कम्पनिको शेयर बढेको पाईएको छ भने दुई कम्पनीको घटयो । अन्यमा परिवर्तन भएन ।
यो समाचार तयार पार्दासम्म पूर्वान्ह ११.४५ सम्म भने नेप्से ३८.१० अंकले बढेर २९१४.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.३२ प्रतिशतको बृद्धि भएको छ भने सेन्सेटिभ इण्डेक्स ६.८७ अंकले बढेर ५४२.१३ विन्दुमा पुगेको छ ।
२०७ कम्पनीको कारोबार भएको छ । ३२ लाख ३६ हजार २६० कित्ता शेयरको कारोबार बाट २ अर्ब ४३ करोड ७५ लाख ८ हजार ६०९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
म्युचुअल फण्ड उपसमूहमा रातो लागेको छ । बाँकी १२ वटै उपसमूहमा हरियाली छाएको छ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



