
काठमाडौं, २७ भदौ । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज दुईवटा म्युचुअल फण्डहरुको इकाईको मूल्य समायोजन भएको छ । यसरी मूल्य समायोजन भएकाहरुमा एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य र एनआईसी एशिया ब्यालेन्स्ड फण्ड रहेका छन् । यी फण्डहरुको इकाईको मूल्य समायोजनपछि इकाईको नयाँ मूल्य कायम भएको छ ।

एनआईसी एशिया ग्रोथ फण्डको ३० प्रतिशत नगद लाभांश समायोजन भएको छ । समायोजन भएपछिको मूल्य १२ रुपैयाँ २२ पैसा भएको छ । यस्तै एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश समायोजन भएको छ । समायोजनपछि फण्डको इकाईमूल्य ११ रुपैयाँ २७ पैसा कायम गरिएको छ ।

नेप्सेले अघिल्लो दिन कायम भएको अन्तिम मूल्यको आधारमा दुबै फण्डको इकाईमूल्य समायोजन गरेको जनाएको छ । यसअघि कारोबार भएको दिन बिहिबार एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य १५ रुपैयाँ २२ पैसा र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य १४ रुपैयाँ २७ पैसामा अन्तिम कारोबार भएको थियो । यसैको आधारमा दुबै फण्डको नेप्सेमा कारोबार हुनेछ ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



