
काठमाडौं, २७ भदौ । साताको पहिलो दिन आईतबार केहि समयको अन्तरालपछि शेयर बजारमा हरियाली छाएको छ । १३ उपसमूहमध्ये १२ वटाको शेयर बढेको छ भने म्युचुअल फण्डतर्फ घटेको छ ।
लगानीकर्ताको आकर्षण हाईड्रोतर्फ देखिएको छ । यो उपसमूहतर्फ ६.३७ प्रतिशतले बढेको छ । यस्तै विकास बैंकतर्फ ५.१३ प्रतिशतले बृद्धि भएको भने फाइनान्सतर्फ ४.०८ प्रतिशतले र उत्पादन समूहतर्फ ४.५१ प्रतिशतले बृद्धि भएको छ ।
नेप्से परिसूचक ७१.४३ अंकले बढेर २९४७.४२ विन्दुमा उक्लिएको छ । नेप्से २.४८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले बढेर ५४८.२९ विन्दुमा पुगेको छ ।
कुल २३१ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ७१ लाख ३३३ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
तेह उपसमूहमध्ये म्युचुअल फण्डमा रातो लागेको छ । बाँकी सबै बाह उपसमूहमा हरियाली छाएको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्राेपावर, फाइनान्स, नीर्जिबन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीबन बीमा र लगानी उपसमूहको शेयर बढेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्राेपावर कम्पनीको ७३ करोड ७७ लाख ८ हजार ६८५ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।








काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



