प्रभु बैंक र डिप्रोक्स लघुवित्तको संस्थापक लिलामी शेयरमा आवेदन दिने अन्तिम मौका

-



     सफल आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ भदौ । प्रभु बैंक र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

प्रभु बैंकले भदौ १५ गतेबाट २ लाख ५२ हजार ७२८ कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि ल्याएको थियो । यसका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीहरु, व्यक्ति तथा इच्छुक संघ, संस्थाहरूले आवेदन दिन सक्नेछन् । प्रभुको संस्थापक लिलामी शेयरको प्रतिकित्ता मूल्य २१० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले तोकिएको मूल्यलाई आधार मानेर साेहि मूल्य तथा त्यसमाथिको मूल्य राखेर बोलकबोल गर्न सक्नेछन् । आवेदकले बोलपत्रमा लिन चाहेको संख्या तथा रकम लेख्नु पर्नेछ ।

यस्तै डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको शेयर लिलामीका लागि पनि आवेदन दिने आज अन्तिम मौका रहेको छ । संस्थाले भदौ ८ गतेबाट ३५ हजार कित्ता संस्थापक शेयर लिलामी बिक्रीका लागि ल्याएको थियो । प्रतिकित्ता मूल्य ६८५ तोकिएको छ । आवेदनकर्ताले तोकिएको मूल्यलाई आधार मानेर सोहि मूल्य वा साेभन्दा माथिको मूल्य राखेर बोलकबोलपत्र दिन सक्नेछन् ।