बढ्याे सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित




काठमाडौं, २८ भदौ । साताको दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ उकालो लागेको छ । छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएको छ भने चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि आईतबार छापावाला सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।