सामान्य अंकले बढ्यो नेप्से-नीर्जिवन बीमामा बृद्धि हुँदा हाइड्रोमा देखियो गिरावट

-



     सफल आवाज    
     भाद्र २८ गते २०७८ मा प्रकाशित



काठमाडौ २८ भदौ । साताको कारोबार हुने दोश्रो दिन सोमबार शेयर बजारमा सामान्य अंकको बृद्धि देखिएको छ । यसदिन हाइड्रोपावर उपसमूहले सर्वाधिक २.५४ प्रतिशत गुमाएको छ । लगानीकर्ताहरु धेरैजसो नीर्जिवन बीमातर्फ आकर्षित भएका छन् । यो उपसमूहतर्फ १.४८ प्रतिशतको बृद्धि देखिएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएअनुसार नेप्से परिसूचक भिनो ०.२७ अंकले बढेको छ । यसरी बढेको नेप्से २९४७.६९ विन्दुमा पुगेको छ । नेप्सेमा ०.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५५ अंकले बढेर ५४८.८७ विन्दुमा पुगेको छ ।

सोमबार कुल २२६ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५६ लाख ८१ हजार १८४ कित्ता शेयरको खरिदबिक्रीबाट ९ अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको ६१ करोड ९३ लाख ५० हजार ७९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये ६ वटा उपसमूहमा रातो लागेको छ । उनीहरु सबैको शेयर घटेको छ । बाँकी ७ उपसमूहमा हरियो लागेको छ । उनीहरु सबैको शेयर बढेको छ ।