
काठमाडौं, २९ भदौ । नेपाल टेलिकमले आजदेखि विद्युतीय भुक्तानी सेवालाई संचालन गर्न लागेको छ । टेलिकमले व्यावसायीक रुपमा नमस्ते पे संचालनमा ल्याउन लागेको हो ।
सरकारी स्वामित्वमा रहेको दूरसंचार प्रदायक संस्था टेलिकमले ल्याएको नमस्ते पेसंगै टेलिकम औपचारीक रुपमा डिजिटल पेमेन्टको सेवामा प्रवेश गरेको हो ।
टेलिकमले कोरोना भाइरसको संक्रमणको जोखिम अवश्थालाई मध्यनजर गरेर विद्युतीय भुक्तानीको कार्यक्रम संचालनको अवधिलाई पछि सारेको थियो । अहिले मुलुकभर कोरोना विरुद्धको खोप संचालन भईरहेको र निषेधाज्ञा खुकुलो बनाएको समयमा यो सेवा संचलनमा ल्याएको हो ।
यस योजनामा टेलिकमको ६२ प्रतिशत अर्थात २५ करोड ८८ लाख तथा वाणिज्य बैंकको ३८ प्रतिशत अर्थात १५ करोड ११ लाख लगानी रहेको छ ।
नमस्ते पे सेवा संचालनका लागि नेपाल राष्ट बैंकले गएको चैत्र ३ गते अनुमति दिएको थियो ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




