आयुर्वेद चिकित्सक संघको महाधिवेशन मंसिर २४ देखि

-



     सफल आवाज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ भदौ । नेपाल आयुर्वेद चिकित्सक संघको महाधिवेशन आगामी मंसिर २४ र २५ गते काठमाडौँमा आयोजना हुने भएको छ । कोरोना महामारीका कारण महाधिवेशन पटक–पटक स्थगन हुँदै आएको थियो ।

संघका अध्यक्ष डा प्रकाश ज्ञवालीका अनुसार संघमा करिब ८०० सदस्य आवद्ध छन् । महाधिवेशनमा विभिन्न जिल्लामा उत्कृष्ट आयुर्वेद सेवा प्रदान गर्ने तथा सम्बन्धित विषयमा योगदान दिने व्यक्तित्वलाई सम्मान गरिने उनले बताए।

महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।