१८.५४ अंकले घट्याे नेप्से : सूचकसंगै कारोबार रकममा उल्लेख्य कमि, लगानीकर्ता अलमलमा

-



     सफल आवाज    
     भाद्र २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ भदौ । शेयर बजारमा कारोबार हुने साताको तेश्रो दिन मंगलबार नेप्सेमा दोहोरो करेक्सन देखिएको छ । सबै उपसमूहहरु राताम्मै भएका छन् भने कारोबार रकम पनि उल्लेख्य रुपमा घटेको छ ।

कुनैबेला २१ अर्बको कारोबार भएको नेप्सेमा यसदिनको कारोबार निकै खुम्चिएको छ । कारोबार ५ अर्बमा झरेको छ । शेयर बजारमा भएको यसप्रकारको खुम्चिने प्रबृतिले लगानीकर्तालाई अलमलमा पारेको छ ।

मंगलबार भदौ महिनाको २९ गते संजाेगले नेपाल स्टक एक्सचेन्ज नेप्से १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा झरेको छ । नेप्से ०.६३ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ३.२१ अंकले घटेर ५४५.६६ विन्दुमा रहेको छ ।

कुल २२२ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

१३ वटै उपसमूहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड तथा लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको २७ करोड ३ लाख ७० हजार ५२४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।