
काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७८ जारी गरेको छ । जारी गरिएको निर्देशनअनुसार अब राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङबाट गरिने भुक्तानीको सीमा बढाएको हो ।
यस्तै विद्युतीय वालेटबाट गरिने रकमान्तरको अधिकतम सीमा पनि बढेको छ । बैंकको निर्देशन अनुसार क्यूआर कोडबाट प्रत्येक दिन २ लाखसम्मको कारोबार गर्न सकिने छ । इन्टरनेट बैंकिङमार्फत २० लाख रुपैयाँसम्मको कारोबार गर्न सकिने छ ।
यो निर्देशन अघि मोबाइल बैंकिङबाट १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो । साथै बैंकको खाताबाट वालेटमा हुने रकमान्तरको सीमालाई २५ हजारबाट बढाएर ५० हजार बनाईएको छ । वालेट ट्रान्सफर हरेक दिन १ लाखसम्म गर्न सकिने भएको छ । यो व्यवस्था पहिलेकै हो ।











काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




