
काठमाडौं, ३० भदौ । साताको चौथो दिन बुधबार छापावाला सुनको भाउ ह्वात्तै बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी स्थिर रहेर मंगलबारकै मूल्य प्रतिताेला १ हजार २०० रूपैयाँमा काराेबार भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा एकैदिन ६०० रुपैयाँले बृद्धि भएको छ । यसरी बढेको सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाला सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको थियो ।
तेजाबी सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी मंगलबार कायम भएको प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




