राष्ट्र बैंकले असोज ४ गतेदेखि नयाँ नोट वितरण गर्ने

-



     सफल आवाज    
     भाद्र ३० गते २०७८ मा प्रकाशित



काठमाडौं, ३० भदौ । नेपाल राष्ट्र बैंकले असोज ४ गतेदेखि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने जानकारी दिएको ।

राष्ट्र बैंकले एक सूचना जारी गरी काठमाडौं उपत्यकाका लागि इजाजत प्राप्त वाणिज्य बैंकहरु र तोकिएका शाखा कार्यालयबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको जनाएको छ ।

काठमाडौं उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेश कार्यालय वा वाणिज्य बैंकले तोकेका नजिकका शाखा कार्यालयहरुबाट नयाँ नोट सटहिकाे सुविधा दिईएको केन्दीय बैंकले जारी गरेको सूचनामा जनाईएको छ ।

बैंकले नाेट सटहिका लागि जाँदा नेपाल सरकारले लागू गरेका स्वास्थ्य सुरक्षाका मापदण्डहरूलाई परिपालना गर्न सबैमा अनुराेध गरेकाे छ ।