सुन प्रतितोला ७ सय रुपैयाँ घट्यो

-



     सफल आवाज    
     भाद्र ३१ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३१ भदौ । बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । बुधबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बिहीबार आज ७ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।

यसैगरी चाँदीको मूल्य स्थिर छ । प्रतितोला १ हजार २ सयमा चाँदीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार प्रति १० ग्राम सुनको मूल्य ७७ हजार ५ सय ९० रुपैयाँ तोकिएको छ भने प्रति १० ग्राम चाँदी १ हजार २९ रुपैयाँ पर्छ ।