सुनचाँदीको भाउमा एकैदिन भारि गिरावट

-



     सफल आवाज    
     असाेज १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ असोज । साताको कारोबार हुने अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा भारि गिरावट भएको छ । सुनमा एकैदिन १ हजार ४०० रुपैयाँले गिरावट आएको छ भने चाँदीमा ३० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन १ हजार ४०० ले गिरावट भई प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन पनि सुनमा ७०० रुपैयाँले गिरावट भएको थियो ।

तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३० ले घटेर प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।