
काठमाडौं, ३ असोज । बुद्धभूमि नेपाल हाइड्राेपावर लिमिटेडले असोज ११ गतेदेखि ८ करोड रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ मूल्य अंकित ८ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।
कुल शेयरको २ प्रतिशतले हुने १६ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ । ५ प्रतिशतले हुने ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेको छ । त्यसबाट बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् ।
शेयरमा आवेदन दिनका लागि लगानीकर्ताले असोज १४ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । तोकिएको मितिभित्र माग गरेबमोजिम आवेदन नपरेको खण्डमा असोज २५ गतेसम्म आवेदन दिन पाईने छ । न्युनतम १० र बढीमा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सेबोनबाट अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाउने छन् ।






काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



