छापावाला सुनको भाउ स्थिर, चाँदीको बढ्यो

-



     सफल आवाज    
     असाेज ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ असोज । साताको पहिलो दिन आईतबार छापावाला सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने २० रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनको भाउ स्थिर रहि शुक्रबारको मूल्यमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि तेजाबी सुन सोहि मूल्यमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीकाे भाउ आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।