मेगा बैंककी नायब कार्यकारी सिईओ रविना देशराज विभुषित

-



     सफल आवाज    
     असाेज ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ असोज । मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ संविधन दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभुषित भएकी छन् । श्रेष्ठलाई संविधान दिवस २०७८ को अवसरमा प्रबल जनसेवाश्री चौथोबाट विभुषित गर्ने घोषणा गरिएको हो ।

बैंकको स्थापनकालबौ सेवा निरन्तर रहेकी श्रेष्ठले २१ सेन्चुरी गोल्डेन फोनिक्स अवार्ड लगायतका अवार्डबाट सम्मानित भइसकेकि छन् । उनको सेवाकाल तीन दशक भईसकेको छ । उनको बैंकिङ व्यापार तथा ग्रामीण बैंकिङमा विशेष दख्खल रहेको छ ।

श्रेष्ठले भारतको कोलकाता मदर टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट करियर शुरु गरेकी थिईन । केहि समय स्ट्याण्डर्ड चार्टड बैंक र नबिल बैंकका काम गरेको उनीसंग अनुभव रहेको छ ।