
काठमाडौं, ३ असोज । नेपालीका चाडपर्व अब लहरै आउन लागेका छन् । वडा दशैं, दीपावली, छठ, नेपाल संवत् तथा ल्होसारलगायतका पर्वहरू आउनै लाग्दा नेपाल राष्ट्र बैंकले साेमबारबाट नयाँ नोट सटहिमा ल्याउन लागेपछि सर्वसाधारण त्यसको पखाईमा रहेका छन् ।
काठमाडौं उपत्यकामा सर्वसाधारणले नेपाल राष्ट्र बैंकले अनुमति दिएका वाणिज्य बैंकहरु र शाखा कार्याहरुबाट नयाँ नोट साट्न पाउने व्यवस्था मिलाईएको छ ।
नयाँ नोट नेपाल राष्ट्र बैंककाे केन्द्रीय तथा प्रदेश कार्यालयहरुबाट साट्ने व्यवस्था मिलाईएको छ । बैंकले सटहिको लागि बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ६० करोडका नयाँ नोट पठाईसकेकाे छ ।
बैंकले एक व्यक्तिलाई १८ हजार ५०० रुपैयाँ सम्मको नयाँ साट्ने सुविधा दिएको बताएको छ । उक्त परिमाणमा रुपैयाँ ५, १०, २०, ५० र १०० रुपैयाँका एक, एक बण्डलसहित १८ हजार ५०० रहने जनाईएकाे छ ।
नयाँ नोट साटन जाँदा सरकारले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरुलाई परिपालना गर्न राष्ट्र बैंकले जनाएको छ । गएको वर्ष कोरोनाको कहर र संक्रमणको जोखिमको कारण राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाएको थिएन ।








काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका… 




