भरतपुरमा सिटिहलको निर्माण असोजदेखि

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



चितवन, १७ भदौ । भरतपुर महानगरपालिकाले असोज महनादेखि सिटिहलको निर्माण सुरु गर्ने बताएको छ । भरतपुर महानगरपालिका–वडा नं १० मा अत्याधुनिक सिटिहल निर्माण गर्न लागेको महानगरले बताएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरले सिटिहल निर्माणका लागि ठेकेदार छनौट प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । सिटिहल निर्माणका लागि आह्वान गरिएको बोलपत्रको प्राविधिक प्रस्ताव अनुमोदन भएको छ ।

बोलपत्रमा १५ ठेकेदार कम्पनी सहभागी भएका थिए । पाँचवटा कम्पनीको आर्थिक प्रस्ताव मुल्याङ्कन गरी शहरी तथा भवन निर्माण विभागमा पठाइएको आयोजना प्रमुख प्रकाश अर्यालले जानकारी दिएका राष्ट्रिय समाचार समितिले लेखेको छ ।