
काठमाडौं, ४ असोज । साताको कारोबार हुने दोश्रो दिन साेमबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ २०० तथा चाँदीमा रुपैयाँ १५ ले गिरावट भएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले घटेर प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ८९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । आईतबार तेजाबी सुन प्रतितोला ८८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेर प्रतितोला १ हजार १३५ पैतीस रुपैयाँमा कारोबार भएको छ ।
यसअघि आईतबार सुनको भाउ स्थिर रहेर प्रतितोला ८९ हजार १०० मा काराेबार भएको थियो भने चाँदीमा २० रुपैयाँले बढेर १ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका… 




