
काठमाडौं, ४ असोज । साताको शेयर कारोबार भएको पहिलो दिन सोमबार शेयर बजार राताम्मै भएको छ । सूचकांकहरुकोसाथ कारोबार रकममा पनि खासै प्रगति भएको देखिएन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा ओर्लिएको छ । नेप्से ४.०५ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा रहेको छ ।
कुल २२५ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयरको खरिदबिक्रीबाट ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएका छन् । सबैको शेयर घटेको छ । बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४३६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
किन निरन्तर ओरालो लाग्यो शेयर बजार ?
नेपाल राष्ट्र बैंकले शेयर कर्जामा १२ करोड रुपैयाँको सीमा तोकेपछि ओरालो लागेको शेयर बजारमा अझैं सकारात्मक लय देखिएको छैन ।
जसको कारण ठूला लगानीकर्ताहरुले होल्ड गरिरहेको शेयर बेचिरहेका छन् । उनीहरुले मजबुत कम्पनीहरुको शेयर होल्ड गरेकोमा बजार पूँजीकरण बढी भएका बलिया कम्पनीहरुको शेयर बिक्री गर्दा बजार खस्किएको जानकारहरु बताउँछन् ।
शेयर बजारमा करेक्सन भईरहेको बेलामा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेपमा पनि ब्याज बढेको छ । असोज १ गतेबाट बैंकहरुले ब्याजदर बढाएका हुन । यसको असर शेयर बजारमा परेको छ ।








काठमाडौं, ९ मंसिर । चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो ४ महिनाकाे अवधिमा ८ लाख…
काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको… 



