
त्रिशूली, १७ भदौ । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको तीन बस्तीको बीचमा रहेको ढुङ्गाले जोखिम पुर्याएसँगै ढुङ्गा हटाउन मङ्गलबारदेखि बस्ती स्थानान्तरण थालिएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले उपलब्ध गराएको टेन्ट वडा कार्यालयले उपलब्ध गराएपछि नेगीका २८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण शुरु गरिएको वडाध्यक्ष सुनबहादुर तामाङले जानकारी दिएको राससले लेखेको छ ।
तामाङका अनुसार नेगीका २८ परिवारलाई सोही वडाको सुरक्षित स्थानमा टेन्ट हालेर घरको सामान सार्न लगाइएको छ । “नेगी बस्तीका २८ परिवारलाई सूर्यकुण्ड जलविद्यत आयोजनाको जग्गामा स्थानान्तरण गरिने लक्ष्य बनाइएको थियो”, “टेन्ट ठूलो भएकाले स्थानको अभाव भएपछि बस्तीको दायाँबायाँ तीन स्थानमा सारिएको छ ।”








काठमाडौं, ५ मङ्सिर । तेस्रो प्रयासमा अन्ततः सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को…
काठमाडौं, ५ मङ्सिर। प्रधानमन्त्री वालेन्द्र शाह आइतबार दिउँसो भारतको राजकीय भ्रमणमा जानुहुने भएको छ ।…
काठमाडौं, ५ मङ्सिर। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवालाई उद्यमशीलता र…
पोखरा, ५ मंसिर । पोखरामा विद्यार्थी छात्र–छात्रा तथा खुला महिला–पुरुषतर्फको ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न… 




