
काठमाडौं, ५ असोज । साताको तेश्रो दिन मंगलबार शेयर बजार सकारात्मक लयमा हिंडेको छ । यसदिन नेप्सेमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से केहि दिनको अन्तरालपछि उकालो लागेपछि लगानीकर्ताहरु उत्साहि भएका छन् । विशेषतः राष्ट्र बैंकले १२ करोडको सीमा तोकेपछि शेयर बजार ओरालो लाग्दै आएको थियो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेको छ । नेप्से ०.५१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.३६ अंकले बढेर ५०८.६२ विन्दुमा पुगेको छ ।
कुल २२३ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ उपसमूहमध्ये ४ वटामा रातो लागेको छ । बाँकी ९ वटामा हरियाली छाएको छ ।
शेयर घटेका ४ उपसमूहरुमा व्यापार, फाइनान्स, उत्पादन र म्युचुअल फण्ड रहेका छन् ।
शेयर बढेका ९ उपसमूहहरुमा बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, नीर्जिवन बीमा, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी उपसमूह रहेका छन् ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको २५ करोड ४४ लाख १५ हजार २३३ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ । केहि दिनदेखि अरुण भ्यालीले कारोबारमा अग्रता कायम गर्दै आएको छ । आज पनि सोहि रफ्तारलाई कायम राख्न सफल भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




