
काठमाडौं, ६ असोज । साताको चौथो दिन बुधबार शेयर बजारमा सर्वत्र हरियाली छाएको छ । कारोबार रकममा उल्लेखनिय बृद्धि भने देखिएको छैन । कुन समयमा २१ अर्बकाे काराेबार भएकाे नेप्सेमा पछिल्लाे काराेबार रकम ६ अर्बमा झरेकाे छ ।
राष्ट्र बैंकको १२ करोड कर्जाको सीमा र बैंक तथा वित्तीय संस्थाको ब्याजको कारण देखाउँदै लगानीकर्ताहरु आन्दोलित हुँदै आएका छन् भने शेयर बजारमा लगातार गिरावट भईरहेको थियो । यस दिन नेप्सेमा दोहोरो अंकको बृद्धिले लगानीकर्तामा फेरि उत्साह थपिएको छ ।
फाइनान्सतर्फ बढी आकर्षण देखिएको छ । दोश्रोमा विकास बैंक, तेश्रोमा हाईड्रोपावर, चौथोमा व्यापार, पाँचौंमा होटल तथा पर्यटन र छैटौंमा लगानी उपसमूहतर्फको आकर्षण बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ विन्दुमा पुगेको छ । नेप्से ३.८७ प्रतिशतले बृद्धि भएको छ । सेन्सेटिभ ईण्डेक्स १९.४७ अंकले बढेर ५२८.१० विन्दुमा पुगेको छ ।
कुल २१७ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड २१ लाख २२ हजार २९८ कित्ता शेयरको खरिदबिक्रीबाट ६ अर्ब १७ करोड ९३ लाख १५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन सर्वाधिक आकर्षण फाइनान्सतर्फ देखिएको छ । यो उपसमूहको ८.५४ प्रतिशतले बृद्धि भएको छ । दोश्रोमा विकास बैंकतर्फ ७.७४ प्रतिशत, तेश्रोमा हाईड्रोपावरतर्फ ५.५७ प्रतिशत, चौथोमा व्यापारतर्फ ४.३३ प्रतिशत, पाँचौंमा होटल तथा पर्यटनतर्फ ४.१९ प्रतिशतले बृद्धि भएको छ । यस्तै छैटौंमा लगानी उपसमूहतर्फ ४.१४ प्रतिशत बृद्धि भएको छ ।
बैंकिङ उपसमूतर्फ ३.२८ प्रतिशत, नीर्जिवन बीमातर्फ ३.६४ प्रतिशत, उत्पादनतर्फ २.८ प्रतिशत, अन्यतर्फ २.३६ प्रतिशत, माइक्रोफाइनान्सतर्फ ३.३२ प्रतिशत, जीवन बीमातर्फ ३.६३ प्रतिशत र म्युचअल फण्डतर्फ १.४५ प्रतिशतले बृद्धि भएको छ ।
लगातार कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँ बराबरको कारोबार भएको छ ।










काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




