फेरि घट्यो सुनचाँदीको भाउ

-



     सफल आवाज    
     असाेज ७ गते २०७८ मा प्रकाशित



काठमाडौं, ७ असोज । साताको कारोबार हुने पाँचौ दिन बिहिबार सुनचाँदीको भाउमा गिरावट आएको छ । छापावाला सुनमा रुपैयाँ ५०० ले तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा ५०० रुपैयाँले गिरावट भएर प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार छापावाला सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा रुपैयाँ १० ले घटेर प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।