
काठमाडाैं, ७ असाेज । बनेपाको केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लि. ले आज आफ्नो एघारौं वार्षिक उत्सव कार्यक्रम मनाएको छ । संस्थाका अध्यक्ष टेक बहादुर बोहराले केन्द्रीय कार्यालयमा दिप प्रज्वलन गरि कार्यक्रमकाे उद्घाटन गरेका थिए । साे अवसरमा अध्यक्ष बोहराले सम्पूर्ण सरोकारी निकाय, नीयमन निकाय, शेयरधनीहरु, संस्थामा आवद्ध सदस्यहरु तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन तथा शुभकामना दिएकाे बताइएकाे छ ।
संस्थाले वार्षिकउत्सवकाे अवसरमा नेपाल रेडक्रस सोसाइटी बनेपा शाखाको आयोजनामा केन्द्रीय कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियाे । रक्तदान कार्यक्रममा स्थानीय व्यक्तित्वहरु, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तथा संस्थाकै कर्मचारीहरुले रक्तदान गरेका थिए ।

पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको समयमा विभिन्न संस्थाहरुले निरन्तर कार्यक्रम गरिरहँदा पनि रगतको पुर्ति हुन गाह्रो भइरहेको समयमा मिर्मिरेले आयोजना गरेको रक्तदान कार्यक्रमले थोरै भए पनि सहज भएको नेपाल रेडक्रस सोसाइटी बनेपाका प्राविधिक राधा थापाले जानकारी गराइन ।
कार्यक्रम संयोजक तथा संस्थाका योजना, असुली तथा तालिम विभाग प्रमुख राजेश श्रेष्ठले सम्पूर्ण रक्तदाताहरु तथा सहयोगी सबैलाई धन्यवादको साथमा सामाजिक कार्यक्रमहरु नियमित रुपमा संचालन हुँदै जाने बताए । कार्यक्रममा ३१ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष बोहरा संगै स्वतन्त्र संचालक प्रविण भट्टराईको उपस्थिती रहेको थियो । साँझ संस्थाका १४९ वटा शाखा कार्यालयहरुमा दिपावली गर्ने कार्यक्रम रहेको संस्थाका सहायक प्रमुख कार्यकारी विर्खबहादुर बोहराले जानकारी गराए ।









काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




