२.७० अंकले बढ्यो नेप्से, कारोबारमा सानिमा बैंक अब्बल

-



     सफल आवाज    
     असाेज ७ गते २०७८ मा प्रकाशित




काठमाडौं, ७ असोज । साताको शेयर कारोबार हुने अन्तिम दिन बिहिबार शेयर बजार उकालो लागेको छ । नेप्सेको यो सरासर तेश्रो दिन उकालो लागेको यात्रा हो । केहि दिनदेखि नेप्सेमा आएको सकारात्मक सुधारले लगानीकर्ताहरुलाई उत्साहि बनाएको बजारमा आँकलन गरिएको छ ।

नेप्से परिसूचक २.७० अंकले बढेर २८१९.६५ विन्दुमा पुगेको छ । नेप्सेमा ०.१० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.९३ अंकले बढेर ५३०.०२ विन्दुमा पुगेको छ ।

यसदिन कुल २२८ कम्पनीको शेयर कारोबार भएको छ । १ करोड ५७ लाख १४ हजार दुईसय ६६ कित्ता शेयरको खरिदबिक्रीबाट ७ अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँ बराबरको कारोबार भएको छ । १३ उपसमूहमध्ये दुईमा हरियो लागेको छ । उनीहरुको शेयर बढेको छ । बाँकी ११ उपसमूहमा रातो लागेको छ । उनीहरुको शेयर घटेको छ ।

यसदिनको सूचकलाई हेर्दा लगानीकर्ताहरु बैंकिङतर्फ आकर्षित भएका छन् । यस समूहको २.४७ प्रतिशतले बृद्धि भएको छ । फाइनान्सतर्फ ०.३१ प्रतिशतले बृद्धि भएको छ ।

अन्य ११ उपसमूहहरु व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, नीर्जिवन बीमा, उत्पादन, अन्य, माइक्रोफाइनान्स, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको शेयर घटेको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी सानिमा बैंकको ३४ करोड १५ लाख ८३ हजार ९७२ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।