साहज उर्जाको आइपीओमा पर्यो मागभन्दा २.९१ गुणा बढी आवेदन

-



     सफल आवाज    
     असाेज ८ गते २०७८ मा प्रकाशित



काठमाडौं, ८ असोज । साहज उर्जा लिमिटेडले बुधबारबाट बिक्रीमा ल्याएको साधारण शेयरमा झण्डै १३ लाखको आवेदन परेको छ ।

शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आइपीओमा १२ लाख ८१ हजार आवेदकले १ करोड ८७ लाख ८५ हजार कित्ता शेयर खरिदका लागि आवेदन पेश गरेका छन् । यो संख्या निष्काशित शेयरको २.९१ गुण बढी मानिएको छ ।

कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आइपीओ निष्काशन गरेको हो । जसबाट २ लाख १० हजार कित्ता शेयर कर्मचारीका लागि रहेको छ । ३ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि रहेको छ । बाँकी रहेको ६४ लाख ४० हजार कित्ता आइपीओ सर्वसाधारणका लागि xf] ।

शेयर भर्न चाहने लगानीकर्ताले घटीमा १० देखि बढीमा १० लाख ५० हजार कित्ताका लागि आवेद दिन सक्नेछन् ।