आज पनि आरजिटिएस चल्ने : राष्ट्र बैंक

-



     सफल आवाज    
     असाेज ९ गते २०७८ मा प्रकाशित




काठमाडौं, ९ असोज । नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट सिष्टम(आरजिटिएस) सञ्चालनमा रहने जनाएको छ ।

केन्द्रीय बैंकले एक सूचनामार्फत ‘विकास ऋणपत्र २०८० क’को ब्याज भुक्तानीका लागि सो प्रणाली सञ्चालनमा रहने जनाएको छ । केन्द्रीय बैंकले शनिबार आज बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म खुला रहने सूचनामार्फत जानकारी गराएको छ ।