सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

-



     सफल आवाज    
     असाेज १० गते २०७८ मा प्रकाशित




काठमाडौं, १० असोज । साताको पहिलो दिन आईतबार आज सुनको भाउ स्थिर रहेको छ । चाँदीमा भने सामान्य १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य शुक्रबारकै कायम भएर सोहि मूल्यमा कारोबार भएको बताएको छ । सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ ।


तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीमा भने सामान्य १० रुपैयाँले गिरावट भई प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।