
काठमाडौं, ११ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले आजदेखि ८ करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीका अनुसार सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ८ लाख कित्ता शेयर निष्काशन गरिएको हो ।
जम्मा शेयरबाट कर्मचारीका लागि १६ हजार कित्ता र सामुहिक लगानी कोषका लागि ४० हजार कित्ता छुटयाईएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् ।
शेयर लगानीतर्काहरुले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् । तोकिएको मितिसम्म आवेदन नपरेको खण्डमा असोजको पच्चिस गतेसम्म आवेदन दिन पाउने छन् । लगानीकर्ताहरुले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ता शेयरका लागि आवेदन दिने पाउने छन्।
शेयरमा आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि-आस्वा सदस्य रहेका बैंक तथा बित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन पेश गर्न सकिने छ ।
शेयर नष्किाशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




