
काठमाडौं, १२ असोज । हरेक वर्षजस्तै यस वर्षपनि मिनिसोले दशैं तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैं तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो ।
अफर अन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्नेछन् । लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली बिजेताले हिराको हार प्राप्त गर्नेछन् । उर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ ।
यो अफर नेपालभर रहेका मिनिसोका सोरुममा लागु हुनेछ । नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी बिजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए ।
‘अफरले मिनिसोप्रति ग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास लिएका छौं,’ उनले भने । लक्की बिजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ । ‘मिनिसोमा सपिङ गरेका अन्य सयौं ग्राहकले दैनिक रुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्,’ तण्डुकारले भने । मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउट फिट्र्स, ब्याग्गिट लगायत अन्य ब्राण्डहरु छन् ।
कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन् । उच्च स्तरीय जापानीज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण दिनप्रतिदिन बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरु काठमाडौं, चितवन, पोखरा, बिराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




