फेरि घट्यो सुन र चाँदीको भाउ

-



     सफल आवाज    
     असाेज १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ असोज । साताको कारोबार हुने तेश्रो दिन मंगलबार सुनचाँदीको भाउमा अघिल्लो दिनको तुलनामा फेरबदल भएको छ । छापावाला सुनमा रुपैयाँ ३०० ले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ५ ले गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले गिरावट भई प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार छापावाला सुन प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले गिरावट भई प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।