कुमारी बैंकले गर्यो ८.६७ प्रतिशत लाभांश घोषणा

-



     सफल आवाज    
     असाेज १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ असोज । कुमारी बैंकले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८.६७ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ ।

बैंकका अनुसार अहिले कायम रहेको चुक्ता पूँजीको ६ प्रतिशत बाेनेस तथा २.६७ प्रतिशत नगद लाभांशसहित ८.६७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ रहेको छ ।

चुक्ता पूँजीको ६ प्रतिशतले हुने ८३ करोड २७ लाख ८ हजार ४९० रुपैयाँ बराबरको बोनस वितरण गरेपछि बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ पुग्ने भएको छ ।