
पोखरा, १२ असोज । पोखराको न्युरोडमा भखरै संचालनमा आएको प्रिसा इन्टरप्राईजेजले महालक्ष्मी लाईफ इन्स्योरेन्स मार्फत बिमा गरेका बिमित, अभिकर्ता र कर्मचारीहरुलाई आफ्नो सामान खरिदमा छुट प्रदान गर्ने भएको छ ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड गण्डकीका प्रबन्धक अखिल धमला र प्रिसा ईन्टरप्राईजेजका पोखरा प्रबन्धक सविन श्रेष्ठले सो छुट सम्बन्धी एक समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरे । उक्त इन्स्योरेन्सका गण्डकी प्रदेश भित्रका विमित, अभिकर्ता र कर्मचारीहरुलाई उक्त्त कम्पनीका सामान खरिदमा ५ प्रतिसत देखी १५ प्रतिसतसम्मकाे मूल्यमा छुट प्रदान गरिने श्रेष्ठले जानकारी दिए ।
उक्त ईन्टरप्राईजेजले हेटौंडामा प्रधान कार्यालय रहेको महिन्द्रा वाटर प्युरीफायरका विभिन्न क्षमताका युरो गाार्डहरु विक्री वितरण गर्दे आईरहेको छ । हाल कम्पनीले ८ देखी १२ लिटर क्षमताका घरायसी उपयोग, १०० लिटर क्षमताका औधगिक प्रयोजनका र सस्थांगत २० देखी २५ लिटर सम्मका खानेपानी शुद्दीकरण गर्ने युरो गाार्डहरु उत्पादन र विक्रि वितरण गरिरहेको श्रेष्ठले जानकारी दिए ।








काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका… 




