
काठमाडौं, १३ असोज। कोरोना बिमा भुक्तानीमा देखिएको समस्याको विषयमा अर्थमन्त्री जनार्दन शर्माले विकल्प खोज्न बिमा समितिलाई निर्देशन दिएका छन् । अर्थमन्त्री शर्माले बिमा समितिका अध्यक्ष सूर्यप्रसा सिलवाललाई मन्त्रालय बोलाएर केकसरी भुक्तानी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न भनेका छन् ।
कोरोना बिमा भुक्तानीका लागि सरकारले समेत दायित्व वहन गर्ने तत्कालिन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सहमति गरेको थियो । दायित्व बहन गर्दा ११ अर्ब रकम भुक्तानी दिनु पर्ने भन्दै अहिलेको सरकारले दायित्व बहन नगर्ने अडान लिएको छ । अब सरकारले भुक्तानी नदिइ के कसरी भुक्तानी गर्न सकिन्छ भनेर विकल्प खोज्न अर्थमन्त्रीले भनेका छन् ।
‘बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा मन्त्री ज्यूले छलफल थाल्नु भएको हो, भुक्तानीको लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा समितिका अध्यक्षसँग छलफल भएको छ’ अर्थमन्त्रीको सचिवालयले भन्यो, ‘यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिइएको छ ।’
सरकारले भुक्तानी नदिने अडान लिदा बिमा कम्पनीहरुले १ लाख कोरोना संक्रमितको भुक्तानी दिएको छैन ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




