
काठमाडौं, १४ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरले असोज ११ गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याएको ८ करोड रुपैयाँ बराबरको आइपीओमा मागभन्दा बढीको आवेदन परेको छ । अहिलेसम्म करिब १६ लाख आवेदकले आवेदन दिएका छन् । लगानीकर्ताका लागि आज आवेदन दिने अन्तिम माैका रहेकाे छ ।
बिक्री प्रबन्धक सिभिले क्यापिटलले आईपीओमा १५ लाख ९० हजार ४१८ जनाले २ करोड ३ लाख ७ हजार २२० कित्ता शेयरका लागि आवेदन दिइसकेकाे बताएको छ । जो १५.७६ गुणा बढी हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको ८ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जम्मा शेयरबाट कर्मचारीका लागि १६ हजार कित्ता र सामूहिक लगानी कोषका लागि ४० हजार कित्ता छुट्याईएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् ।
शेयर लगानीकर्ताहरुले असोज १४ गते आजसम्म आवेदन दिन सक्नेछन् । तोकिएको मितिसम्म आवेदन नपरेको खण्डमा असोजको २५ गतेसम्म आवेदन दिन पाउने भनिए पनि त्यो संभावना छैन । लगानीकर्ताहरुले घटीमा १० कित्ता र बढीमा ५० हजार कित्ता शेयरका लागि आवेदन दिने पाउने छन् ।
शेयरमा आवेदनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सिआस्वा सदस्य रहेका बैंक तथा बित्तीय संस्था र शाखा कार्यालयबाट आवेदन पेश गर्न सक्नेछन् ।
शेयर नष्किाशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




