ह्वात्तै घट्यो सुन र चाँदीको भाउ

-



     सफल आवाज    
     असाेज १४ गते २०७८ मा प्रकाशित



काठमाडौं, १४ असोज । साताको कारोबार हुने पाँचौ दिन बिहिबार सुन र चाँदीको भाउ ह्वात्तै घटेको छ । छापावाला सुनमा रुपैयाँ २०० ले तथा चाँदीमा ३५ रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ २०० ले गिरावट भई प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।

तेजाबी सुन प्रतितोला ८८ हजार २५० रुपैयाँमा कारोबार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ३५ ले गिरावट भई प्रतितोला १ हजार १२० रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।