साहस उर्जाको आइपीओ बाँडफाँड आज

-



     सफल आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ असाज । साहस उर्जाले आजदेखि आइपीओ बाँडफाँड गर्दैछ । कम्पनीको असोज ६ गतेदेखि सर्वसाधारणका लागि शेयर निष्काशन गरिएको थियो । सोहि शेयरलाई बाँडफाँड गरिने भएको हो ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ । यसैका लागि शुक्रबार प्रिअलटमेन्ट सकिएको थियाे ।

असोज ६ गतेदेखि असोज १० गतेसम्म कम्पनीको ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याईएको थियो । जस्मध्ये २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुको लागि तथा ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि रहेको छ ।

कर्मचारी र कोषका लागि छुट्याएर बाँकी रहेको ६४ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने भएको छ । आइपीओमा २४ लाख ७४ हजार ४३६ लगानीकर्ताबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताका लागि आवेदन पेश भएको थियो ।