धमाधम लाभांश दिदै कम्पनीहरु, कुन–कुनले घोषणा गरे ?

-



     सफल आवाज    
     असाेज १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ असोज । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश दिन थालेका छन् । लगानीकर्ताहरुलाई गत वर्षको मूनाफाबाट कम्पनीहरुले लाभांश दिन शुरु गरेका हुन् । हालसम्म ४ कम्पनीको लाभांश पारित भएसकेको छ भने अन्य कम्पनीहरुको पनि लाभांश घोषणा हुने क्रममा छ ।

नेप्सेमा सूचिकृत कम्पनीमा अरुण कावेली १७ प्रतिशत बोनस दिने निर्णय गरेको छ । अरुण कावेलीले भर्दा भदौ ११ गते साधारणसभा गरेको छ ।

यस्तै अपी पावर १०।५ प्रतिशत बोनस सेयर दिएको छ । अपी पावरले भदौ २५ मा साधारणसभा गरेको छ । सिनर्जी पावर २० प्रतिशत बोनस सेयर दिने गरेको छ । सिनर्जीले भदौ १८ मा साधारणसभा गरेको छ । न्याङ्दी २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीले असोज ३ मा साधारणसभा गरेको छ ।

दशैं अगाडि साधारणसभा गर्नेमा एउटा लघुवित्त, ल्युव कम्पनी र बाँकी जलविद्युत् कम्पनी हुनेछन् । डिप्रोक्स लघुवित्तले असोज ८ गते बुकक्लोज तोकेर असोज २५ मा साधारणसभा गर्न लागेको छ । डिप्रोक्सले २० प्रतिशत बोनस सेयर १।५ प्रतिशत नगद लाभांश दिनेछ ।

अरुण भ्याली हाइड्रोपावरले असोज २४ मा साधारणसभा गर्न लागेको छ । अरुण भ्यालीले १० प्रतिशत बोनस सेयर दिन लागेको छ । नेपाल ल्युव आयल ३० प्रतिशत बोनस सेयर ५ प्रतिशत नगद लाभांश दिने छ । सोमबार असोज १८ मा साधारणसभा गर्ने छ ।
अन्य कम्पनीहरु पनि लाभांश घोषणा गर्ने तयारीमा छन् । दशैं अघि नै पनि केही कम्पनीहरुले लाभांश दिने तयारीमा छन् । दशैं पछि भने सबै कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्नेछन् ।