
कामाठाडौं, १७ असोज । सातामा पाँच दिन शेयर कारोबारमा ब्यस्त हुने शेयर लगानीकर्ताहरु शुक्रबार र शनिबार भने दुई दिन कारोबार नभए पनि यस्का बारेमा बिचारबिमर्श गर्ने, कम्पनीको अध्ययन र शेयर खरिद बिक्रीका लागि एक खालको रोडम्याप बनाउने गर्दछन् ।
आईतबारदेखि बिहिबारसम्म अनेक उतारचाडाव भोगेका उनीहरुले साताको पहिलो दिन आईतबार शेयर बजार सकारात्मक लयमा जावस् भन्ने अपेक्षा गरेका हुन्छन् । तर लगानीकर्ताको अपेक्षा पूरा हुन पनि सक्छ नहुन पनि सक्छ ।
यसैमा राष्ट्र बैंकले तोकेको १२ करोडको सिमा, बैंकको ब्याजदर र बैंक वित्तीय संस्थामा भएको तरलताको कारण सुधार हुन सकिरहेको छैन । बजार लयमा कहिले फर्किने हो यो पखाईको विषय बनेको छ ।
आईतबार शेयर बजारमा यस्तै भएको छ । दुई दिनको बिश्रामपछि सकारात्मक होला भन्ने अपेक्षाभन्दा उल्टो देखिएको छ । नेप्से राताम्मै भएको छ भने कारोबार रकम पनि पाँच अर्ब नाघ्न सकेन ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५५.९३ अंकले बढेर २५७७.४९ विन्दुमा झरेको छ । नेप्से २.१२ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा पुगेको छ ।
कुल २३२ कित्ता शेयरको कारोबार भएको छ । ८९ लाख ४८ हजार ९३७ कित्ता शेयरको खरिदबिक्रीबाट ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अपि पावर कम्पनीको १५ करोड ६ लाख १६ हजार २२१ रूपैयाँ नब्बे पैसा बराबरको करोबार भएको छ ।








काठमाडाैं, ९ मंसिर। धादिङ जिल्लाको धुनिवेशी नगरपालिका वडा नं. ६ धार्केमा केन्द्रीय कार्यालय रहेको नाडेप…
काठमाडौं, ९ मंसिर । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंकले सुनको क्यान उपहार दिने…
काठमाडौं, ९ मंसिर । एक्स्ट्रिमले इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरु थप गरेको…
काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले… 



